१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

नुवाकोट – नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-१२का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेको उनले बताए।

घटना शनिबार वैशाख ३ गतेको हो। ‘उहाँ म्यादी प्रहरी हुन्। हाम्रोमा तालिमका लागि आउँदा भिरबाट लडेर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘बिहान आठ बजेदेखि तालिम हुन्छ। तर शव बेलुकी मात्रै फेला परेको थियो ।’ परिवारले खोज्दा राति उनको शव फेला पारेको हो।

शवको पोष्टमार्टम त्रिशूली अस्पतालमा गरिएको थियो। परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]