१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – अभिनेता तथा मोडल पल शाहले आफ्नो आवाजको दुरुपयोग गरेर आफूविरुद्ध कदम चालिएको बताएका छन्। गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे विवादमा तानिएका पलले सामाजिक सञ्जालमार्फत आफ्नो आवाजको दुरुपयोग भएको तर्क अघि सारेका छन्।

आइतबार पलले समिक्षाको बारेमा गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो। त्यस्तै, पलसँगको सम्बन्धको बारेमा समीक्षाले दिएका जानकारीहरु पनि अडियोको रुपमा सार्वजनिक भएका थिए। अहिले मनोरञ्जन क्षेत्र यही विषयले तातेको छ। तातेको माहोलमा पलले पनि आफ्नो स्पष्टीकरणको रुपमा फेसबुकला लामो स्टेटस राखेका छन्।

‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्नभिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ,’ उनले लेखेका छन्, ‘यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जीवनसँग जोड्ने प्रयास मेरा प्रतिस्पर्धीहरुले गरेका छन्।’

उनले आफ्नो नाम जोडेर प्रकाशित भएका समाचार र सार्वजनिक भएका विषयहरु वास्तविकताभन्दा टाढा रहेको तर्क प्रस्तुत गरेका छन्। सँगै आफ्ना दर्शकलाई यसबाट भ्रमित नहुन पनि उनले आग्रह गरेका छन्।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तुतिहरुलाई यहाँहरुले अत्याधिक मन पराउनुको परिणाम स्वरुप म आज यो स्थान आईपुगेको छु । अझै पनि कडा संघर्षकै बिच आफुलाई यहाँहरु समक्ष उभिएको छु भन्न कत्ति पनि हिच्किचाउदिन । त्यसका बाबजुद्ध समाजलाई सकरात्मक बाटो तर्फ उन्मुख गराउने प्रकारका गतिविधी र खदिलो, दरिलो मनोञ्जनात्मक प्रस्तुतिहरु लिएर आउने प्रण पनि गर्दछु । तर नेपाली समाज भित्र संघर्ष गर्न अनेकन बाधा र अडचनहरु आउने रहेछ । त्यस मध्येमा कतिपय कृतिम समस्या खडा गरि एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुदा नमिठो अनुभुती भने पक्कै हुँदो रहेछ ।

विगत केहि समय यता मसंग एक जना गायिकाको नाम जोडेर केहि अनलाईन संचार माध्यमहरुमा “रियल हिरो कि प्ले ˗ब्वाई῎भन्ने जस्ता शिर्षक, मेरो अन्य महिला साथीहरुकोे मञ्जुरी र अनुमति वेगर निजहरुको समेत तस्विर राखी बनाईएको रिर्पोट र अन्य विभिन्न भ्रामक शिर्षक राखी आपत्तिजनक शब्दहरु प्रयोग गरी तथ्यविहिन लाल्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यवसायिक एंव व्यक्तिगत जिवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागरण गर्ने मनसायसाथ यो अपिल जारी गरेको छु ।

नेपालको संविधानले पुर्ण प्रेस स्वतन्त्रताको प्रत्यभुति गरेको हुँदा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली संचार जगत स्वतन्त्र रहेकोमा विवाद छैन । विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणी भुमिका खेलेको गौरवमय इतिहास छ । तर यस्तो इतिहास बोकेको प्रेस जगतका केहि संचार माध्यम एकांकी र गैरजिम्मेवार भएको पाउँदा मलाई दुखि तुल्याएको छ । म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाई राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु । एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिवेटीको नाम र तस्विर समेत सार्वजनिक गर्दै म संग हुदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन । आम संचार माध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरुको ब्यक्तिगत जिवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमान समेत गर्न सकिदैन । उनीहरुको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरुले नेपाली प्रेस जगतको श्रीबृद्धिमा पक्कै पनि सहयोग गर्दैन ।
अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ ।

यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धि) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ । मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ति सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता ब्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु । अन्तमाः तपाईहरुको अगाध माया र प्ररेणाले मलाई सत्य र निष्ठाको मार्गबाट कहिले पनि बिचलित हुन दिने छैन र विचलित समेत हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]