१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १० लाख नगदसहित १७ लाख बराबरको अबैध सामानसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लु.अ.अ.भ. १८४७ नम्बरको ट्रकका चालक नेर्पा गाँउपालिका ६ खोटाङका ३४ वर्षीय नवराज राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज लामाका अनुसार राईले चलाएको लु.अ.अ.भ. १८४७ नम्बरको ट्रकबाट १० लाख रुपैयाँ नगद र विल विजक नभएको ७ सय २० प्याकेट अन्दाजी ६ लाख ८४ हजार मुल्य बराबरको रजनिगन्धा नियन्त्रणमा लिएको हो ।

‘कमलामाई नगरपालिका ४ हिरापानि चेकपोष्टमा खटिएको प्रहरीले उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक चेकजाँच गर्नेक्रममा उक्त नगद र अवैध सामान फेला पारिएको हो,’ लामाले भने ।

उनका अनुसार उक्त ट्रक र चालक राइलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैया पठाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]