१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

सप्तरी – कोशी सम्झौता गरेको भारत सरकारले सडक निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् ।

कोशी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन जीर्ण बन्दै गएको र धूलो तथा हिलोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का बासिन्दाले बुधबार बिहान प्रदर्शन गरेका हुन् ।

वडा अध्यक्ष उमेश यादवको अगुवाइमा उनीहरुले प्लेकार्डसहित नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार राति भएको वर्षाका कारण हिलाम्य सडकमा उनीहरुले प्रदर्शन गर्दै कोशी सम्झौता खारेजको माग गरेका छन् ।

‘या त यो बाटो निर्माण गरियोस्, या त सम्झौता नै खारेज गरियोस्’ वडा अध्यक्ष यादवले भने, ‘सम्झौता अनुरुप सडक बनाउने काम भारत सरकारको हो । तर बनाइरहेको छैन ।’

उनले बरु सम्झौता खारेज गरिदिए आफूहरु नै मिलेर सडक बनाउने बताए । ‘गर्मीमा धूलो र बर्षामा हिलोका कारण हामीलाई समस्या भइरहेको छ’ वडा अध्यक्ष यादवले भने, ‘धूलोका कारण गाउँका मानिस बिरामी हुन थालेका छन् ।’

स्थानीय सडक मर्मतको माग गर्दै प्रदर्शन गरिरहँदा पुगेका प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ ले यसबारे नेपाल तथा भारतीय अधिकारीसँग कुरा गर्ने बताएपछि उनीहरुले आन्दोलन टुंग्याएका छन् ।

वडा अध्यक्ष यादवले चाँडै सडक मर्मत गर्नेतर्फ ध्यान नदिइए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]