२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काठमाडौं – फ्रि फायर गेममार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास छन् ।

अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएपछि प्रहरीले बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–८, मातातीर्थबाट फेलापारेको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका महेशसँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेन्जरमा भिडियो कल तथा म्यासेजहरूमार्फत कुराकानी भई विवाह गर्नेलगायत आश्वासन दिएको खुलेको छ ।

सोही क्रममा गएको चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याई चैत ३० गते राति टोखा नगरपालिका–६ स्थित वसुन्धरामा राखी बलात्कार गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]