२० माघ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिका-११ साँखेबाट मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहानीपख ३ बजेतिर स्थानीय भिमबहादुर थापाको घरमा पार्किङ गरी राखेको ध १ प ५५९३ नम्बरको अपाचे मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ घेत्माका २० वर्षियका नाईजेल ठकुरी र सोही ठाँउका १९ वर्षिय खिममान पुनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिआइजी) युवराज खड्काले जानकारी दिए।

उनीहरु स्याङ्जा हरिनास गाउपालिकास्थित चिसापानीमा सडक निर्माण गर्ने क्याम्पमा बस्दै आएका थिए।

उनीहरुलाई स्थानीयहरुको सहयोगमा ईलाका प्रहरी कार्यालय बेलचौताराबट खटिएको प्रहरी टोलीले शुक्लागण्डकी- ८ पुलचोकबाट मोटरसाइकलसहित समातेको हो।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत तनहुँबाट मंगलबार ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिआइजी खड्काले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]