१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

कर्णाली – कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) सवार गाडी बोलेरो गाडीसँग ठोक्किएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेनजिकै मन्त्री लामा चढेको कर्णाली प्रदेश ००१ झ ००७६ नम्बरको गाडी भे १ २४७४ नम्बरको बोलेरो जीपसँग ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मंगलबार दिउँसो मन्त्री लामा वीरेन्द्रनगर–१४ मा पर्ने स्टे भ्यालीभ्यू होटलमा आफ्नै मन्त्रालयद्वारा आयोजित कार्यक्रममा जान लागेका थिए। त्यहीक्रममा विपरीत दिशाबाट आएको बोलेरो जीपसँग ठोक्किएको हो।

दुर्घटनामा मानवीय रूपमा कुनै चोटपटक लागेको छैन। ठक्कर दिने बोलेरो र त्यसका चालक प्रकाश अधिकारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनापछि अर्को गाडीमा चढाएर मन्त्री लामालाई कार्यक्रमस्थल पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]