
कैलाली – थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते चौधरीको मंगलबार उपचारका क्रममा निधन भएको हो ।
वैशाख ३ गते धनगढीको मिलनचौकमा उनी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । धनगढीकै माया मेट्रो अस्पतालमा उपचारकाे क्रममा उनको मृत्यु भएको कैलाली प्रहरीले जनाएकाे छ ।