१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

काठमाडौँ — सरकारी मातहतको मूल्य स्थिरीकरण कोष रित्तिएपछि नेपाल आयल निगमले बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिन प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमले निरन्तर घाटा ब्यहोर्दै आएको छ । जसले गर्दा असार मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ रहेको कोष अहिले रित्तिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न अपुग रकम हालसम्म निगमले यहीं कोषबाट झिकेर तिर्दै आएको थियो ।

कोष पनि रित्तिएपछि निगमले ऋण लिनका लागि प्रक्रिया अघि बढाएको हो । जसअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकबाट निगमले दुई अर्ब रुपैयाँ ऋण लिँदैछ । निगमका सहप्रवक्ता पुस्कार कार्कीले पेट्रोलियम पदार्थको खरिदवापत आवश्यक रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई कठिन भएको बताए । निगमले ४ दिनपछि आईओसीलाई रकम भुक्तानी गर्दैछ ।

आईओसीबाट पछिल्लो समय प्राप्त मूल्यसूची र हालको इन्धन मागअनुसार प्रतिमहिना नोक्सानी ७ अर्ब ४७ करोड रहेको निगमले जनाएको छ । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १८ रुपैयाँ १६ पैसा, डिजेलमा ३० रुपैयाँ ५ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५१ रुपैयाँ नोक्सान छ । हवाई इन्धन र मट्टितेलमा भने फाइदा रहेको निगमले जनाएको छ । बजारमा हाल पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टिटेल १४३ रुपैयाँ तोकिएको छ ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]