१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

काठमाडौं – काठमाडौंको जडिबुटीस्थित नरेफाँटबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध क्याप्सुलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१६ घर भएर नरेफाँट बस्दै आएका २६ वर्षीय कविर लामा भन्ने उदय थिङ छन् ।

उदय थिङले सञ्चालन गरेको ‘डा. हेल्थ केयर कम्पनी’ बाट ५२ हजार ५ सय क्याप्सुल लागुऔषध बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । हेल्थ केयर कम्प्नीको आवरणमा लुकाएर बेच्दै आएको ४२ हजार ५ सय थान ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्याप्सुल महाशाखाबाट खटिएको प्रहरीले बरामद गरेको छ ।

आईतबार पक्राउ गरेर उनलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी औषधी व्यवस्था विभागमा पठाएको एसपी कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]