१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न चोकहरुमा बौलाहा कुकुरले टोक्दा २५ जना बढी घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भई रहेको छ ।

जनकपुरधामको शिवचौक, भानु चोक र मिल्स एरिया लगायत विभिन्न चोकहरुमा २५ जना भन्दा बढीलाई बहुलाहा कुकुरले टोकेपछि उनीहरुको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ ।

कुकुरको टोकाईबाट घाइते हुनेहरुमा औरही गाउँपालिका पोखरिया ७५ वर्षिय लक्ष्मेश्वर मण्डल, २० वर्षिय पप्पु साह, १० वर्षिय अञ्जली यादव, ६ वर्षिय सुवेक कुमार साह, ३० वर्षिय मोहन साह रहेका छन् ।

२९ वर्षिय राज साह, १९ वर्षिय रामकरण ठाकुर, १० वर्षिय सूर्यनारायण दास, १७ वर्षिय निरज महतो, २५ वर्षिय प्रमोद मुखिया, १७ वर्षिय कञ्चन ठाकुर, विष्णु माया लगायत घाइते भएको प्रादेशिक अस्पतालले जनाएको छ ।
घाइते मध्ये धेरैजनाले भ्याक्सिङ्ग लगाएर घर फर्कि सकेका छन् भने केहीको उपचार जारी छ । केही व्यक्तिको निजि क्लिनिक र नर्सिगं होममा उपचार भइरहेको छ ।

कुकुरको टोकाइबाट रेबिजको संक्रमण हुन सक्ने जानकारहरु वताउँछन । ‘रेबिज एक भाइरस हो, जो कुकुर, बिरालो, भालु जस्ता जनावरमा पाइन्छ । यदि यो भाइरस भएको जनावरले कुनै व्यक्तिलाई टोक्यो भने जनावरको ¥यालबाट उक्त भाइरस शरीरमा प्रवेश गर्छ । यो भाइरसले एकदमै तिब्र रुपमा स्नायु प्रणालीमा आक्रमण गर्छ । र, यो मृत्युको कारण समेत बन्न सक्छ ।

त्यसैले कुकुरले टोक्नसाथ तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ र एन्टि रेबिज इन्जेक्सन लगाउनुपर्छ, जनकपुरधामका वरिष्ठ चिकित्सक डा. विजय कुमार सिंहले भने ।

बहुलाहा कुकुरले शिवचोकदेखि मिल्स एरियासम्ममा हिलडुल गर्ने अधिकांशलाई टोकेको हो । जनकपुरधाममा कुकुर आतंकको कारण स्थानीयहरु निकै त्रसित छन् । बहुलाहा कुकुर मान्छेलाई टोक्दे एकचौकदेखि अर्को चौकमा भाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]