२१ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

बलात्कारसम्बन्धी मुद्दामा एक जना पीडित महिलामाथि नै साढे तीन बर्षको जेल सजाय सुनाएका अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीमाथि छानबिन र कारवाहीको प्रक्रिया अघि बढेसङ्गै उनलाई हिजो न्याय परिषदको बैठकलगत्तै तानिएको छ । यसको असर आगामी स्थानीय निर्वाचनमा समेत परेको छ । अहिले जोशीको ठाउँमा कैलालीबाट अर्का न्यायाधीशलाई पठाउने तयारी शुरु भएको छ ।

निर्वाचन आयोगले गत चैत २५ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता अघिसम्म जोशीको स्थानमा कोही पनि नपठाइएपछि अहिले आयोगको लागि उक्त जिल्लाको निर्वाचनमा अप्ठेरो परेको हो । जिल्ला न्यायाधीश निर्वाचन प्रयोजनको निम्ति मुख्य निर्वाचन अधिकृत हुने भएकाले जिल्लामा गरिने निर्वाचन तयारीमा असर परेको बताइन्छ ।

जोशीलाई जिल्लाबाट तानेर अन्यत्र लगेपछि मुख्य निर्वाचन अधिकृतको नाताले एउटा निवेदन दिन आयोगले गरेको अनुरोधबमोजिम उनले निवेदन दिएका हुन् । अब ढिलोमा भोलिसम्म मुख्य निर्वाचन अधिकृतको निम्ति अर्का एक जना न्यायाधीशको खोजी भएको छ । बैशाख ८ गते पर्सि बिहीबारदेखि ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना हुँदै छ ।

जोशीमाथि अघि बढाइएको छानबिनको घटनाक्रम यस्तो छः

जबर्जस्ती करणीसम्बन्धी एउटा मुद्दामा जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीले पीडित किशोरीलाई नै साढे तीन वर्ष जेल सजायको फैसला सुनाएपछि चर्को विवाद भएको हो । जोशी श्रीमानको इजलासले झूठो बयान दिएको ठहर गर्दै किशोरीलाई जेल पठाउन आदेश गर्नुका साथै आरोपित पुरुषलाई सफाइ दिएको छ ।

निकै संवेदनशील मुद्दामा हतारमा फैसला गर्ने न्यायाधीश जोशीले निकटस्थहरुसँग सरकारी वकिलले फसाएको गुनासो गरेका छन् । पुरानो अध्यादेश अहिले क्रियाशील रहने जिकिर पेश गर्दै किशोरीमाथि सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबीबमोजिमको फैसला गरेपछि जोशी श्रीमान उनै वकिलहरुले आफूलाई फसाएको भन्दै रुष्ट भएका हुन् ।

गत फागुनमा अछामको एउटा दुर्गम गाउँकी किशोरीलाई भारतमा काम गर्ने एक युवकले विवाहको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेका थिए । बिहे गरेर उतै लैजाने र सुःखसयलको जिन्दगी बिताउने आश्वासनमा पग्लेकी ती किशोरीले आफूलाई युवकसामु समर्पण गरिन् ।

पहिले नै चिनजान भएको र प्रेम गर्ने केटाप्रति उनले कुनै शंका गरिनन् । तर, असली चरित्र त्यतिबेला खुल्यो जब किशोरीलाई राति जंगलमा लगेर जबर्जस्ती शारीरिक सम्बन्ध राखेपछि उसले छाडेर हिँड्यो ।
त्यसपछि ती किशोरी न्यायका लागि अदालतको ढोका ढक्ढकाउन पुगिन् । तर, अदालतले उनलाई न्याय होइन,थप पीडा दियो । न्यायाधीश जोशीको फैसलाविरुद्ध पीडितपक्ष उच्च अदालत दिपायल गएको हो । सरकारवादी मुद्दा भएकाले सरकारी वकिल नै पुनरावेदनको निवेदन लिएर उच्च पुगेका छन् । यो मुद्दामा सुनुवाई भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]