१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

धनुषा – आसन्न स्थानियतहको निर्वाचनका लागि डा.सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषाले सोमवार सम्म १६ वटा स्थानियतहको उम्मेदवारहरुको चयन गरिसकेको छ ।

विभिन्न पालिकामा एक भन्दा बढि आंकाक्षी देखिएपछि जनमतको आइतवार वसेको वैठकबाट धनुषाको १६ वटा पालिकाको उम्मेदवार औपचारिक चयन गरेको जनमत पार्टीका नेता विपी साहले जानकारि दिएका छन । साहका अनुसार अहिले बाकि रहेको दुइवटा पालिकाका लागि वैठक वसिरहेको र आज साझ सम्ममा दुवै पालिकाको पनि उम्मेदवार चयन गरि औपचारीकरुपमा घोषणा गरिने वताए ।

यद्यपी चयन भइसकेका उम्मेदवारहरुको नामाबली सार्वजनिक गर्नबाट अस्विकार गरिएको छ । धनुषाका सबै पालिकाको उम्मेदवारहरुको चयन प्रक्रिया समाप्त भएपछि औपचारीकरुपमै घोषणा गरिने साहले जानकारि दिए । यता बाकि रहेका दुई पालिका मध्ये जनकपुरधाम उपमहानगरपालिका पनि एक रहेको छ ।

प्राप्त जानकारि अनुसार जनकपुरधाम उपमहानगरपालिकाबाट संचारउद्यमी वैधनाथ साह र पार्टीका केन्द्रिय सचिव अनिता साहको नाम आइरहेपनि वैधनाथ साहलाई जनकपुरधाम उपमहानगरपालिकाबाट मेयरको रुपमा उममेदवार वनाईने भएको स्रोतको दावी छ ।केहि नया ल्याउ भन्ने सोच वनाईसकेका मधेशका जनतामा जनमत पार्टी अहिले व्यापक चर्चाको विषय रहेको छ ।

किसान आन्दोलन र भ्रष्टाचारीहरुलाई कारवाही गरेर जनताको तारो वनेका जनमत पार्टीले स्थानियतहको निर्वाचनम राम्रै नतिजा ल्याउने आकंलन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]