१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

विराटनगर – विराटनगरस्थित भाटभटेनीको क्यूएफएक्स फिल्म हलमा पहिलो पटक बिहीबार मध्यरातमा फिल्म चल्यो । यसअघि राति ८ः३० बजेसम्म अन्तिम शो चलाउँने गरिएको भएपनि क्यूएफएक्सले मध्यराति ११ः४५ बजेको शो पनि देखायो । राति २ः३० बजे सकिने फिल्म हेर्न दर्शकको थामीनसक्नु भीड थियो ।

मध्यरातको टिकट पनि नपाएर दर्शक त्यसै फर्किन बाध्य भए । बिहीबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र केजीएफ–२ र नेपाली चलचित्र ए मेरो हजुर ४ हेर्नका लागि दर्शकको ओइरो लागेपछि क्यूएफएक्सले पहिलो पटक मध्यरातको सो चलाएको हो ।

कोरोनापछि यसरी हलमा दर्शक उर्लिएको पहिलो पटक हो । यता, सेन्ट्रल मलस्थित सेन्ट्रल मल्टिप्लेक्समा पनि आइतवारसम्मका लागि टिकट बुक भइसकेको छ । एक हप्ता अघि टिकट काट्नेहरुले बल्ल फिल्म हेर्न पाउँदैछन्, शुक्रबार टिकट काट्नेहरुले फिल्म हेर्नका लागि कम्तिमा आइतवारसम्म कुर्नु पर्ने वाध्यता छ । क्यूएफएक्स र सेन्ट्रल मल्टिप्लेक्समा मात्र हैन, विराटनगरका सबै फिल्म हलमा अहिले दर्शकको ओइरो लागेको छ । सिटी सिनेमा, आरके सिनेमा, हिमालय टाकिज, अरुण सिनेमा लगायतमा पनि दर्शकको अत्यधिक भीड छ ।

इतिहासमै पहिलो पटक विराटनगरमा यति धेरै दर्शकको भीड लागेपछि मध्यरातमा पनि फिल्म चलाउनु परेको क्यूएफएक्सका मेनेजर राजन ठाडा मगर बताउँछन् । ‘दर्शकको अत्यधिक भीड भएपछि हामीले इतिहासमै पहिलो पटक यसरी मध्यरातमा फिल्म चलाउदैछौं,’ मगरले भने, ‘केजीएफ–२सँगै ए मेरो हजुर ४ हेर्नका लागि दर्शकको ठूलो प्रतीक्षा थियो, अहिले नयाँ बर्ष पनि भएकाले हलमा दर्शकको ओइरो छ, हल फुल भएकाले दर्शकलाई त्यसै फर्काउनु परिरहेको छ ।’

सेन्टल मल्टिप्लेक्सका व्यवस्थापक रमेशकुमार झा पनि विराटनगरमा पहिलो पटक दर्शकको थामीनसक्नु भीड लागेको बताउँछन् । दर्शकको चाप अत्यधिक बढेपछि अहिले फिल्महलहरुले दिनमा ११ शो सम्म चलाइरहेका छन् । सामान्यतया पहिले दिउँसो र साँझमात्र फिल्म देखाउँने हलहरुले अहिले एकाबिहानैदेखि रातभरजसो फिल्म चलाउँइरहेका छन् । केजीएफ–२ हेर्न फिल्म हल पुगेका धेरै दर्शकहरुले टिकट नपाउँदा त्यसै फर्कनु परेको गुनासो गरेका छन् । क्यूएफएक्स हलको टिकट काउन्टरमा भेटिएका विराटनगरका अनुप महतो र नरबहादुर माझीले टिकट नपाउदा त्यसै फर्कनु परेको गुनासो गरे । सेन्टल मल्टिप्लेक्समा फिल्म हेरेर निस्किएका विराटनगरका कुमार पौडेलले एक हप्ता अघि टिकट काटेर बल्ल फिल्म हेर्न पाएको सुनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]