१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

सप्तरी – नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सो भेटमा सिएनआईमा आबद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्ने र तरलता सङ्कटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रको सुरुवातमै उहाँले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्नु तर्कसङ्गत नभएको बताएको सचिवालयले जनाएको छ । नेपालको कूल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलङ्काको कूल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको सो अवसरमा सिएनआईको कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।

त्यस्तै नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलङ्काको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलङ्काको १११.४२ प्रतिशत रहेको, कूल वैदेशिक मुद्रा सञ्चितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलङ्काको १.९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख थियो । त्यस्तै अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलङ्काको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको थियो ।

अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मुख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलङ्काको भन्दा धेरे मजबुत रहेको अग्रवालले बताएका थिए । सो अवसरमा सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको सञ्चितीमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएका थिए । उनले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक फरक बनाउन पनि सुझाव दिएका थिए ।

सो अवसरमा अर्थमन्त्री शर्माले श्रीलङ्कासँग नेपालको तुलनै नहुने कुरा आफूले बारम्बार भन्दै आएको जानकारी दिनुभएको थियो । ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्’ मन्त्री शर्माले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]