१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

पोखरा महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका तर्फबाट बहालवाला प्रदेश मन्त्रीसहित १८ जनाले दाबी गरेका छन् । उपमेयरमा भने १० जनाको दाबी आएको छ ।

कांग्रेसले उम्मेदवारका आकांक्षीलाई आवेदन दिन आइतबार ४ बजेसम्मको समय दिएको थियो । उनीहरुले लिखित रुपमा पोखराको नेतृत्व लिन चाहेको भन्दै निवेदन दिएका हुन् ।

कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापाले आफू पनि इच्छुक रहेको भन्दै निवेदन दिएका छन् । उनीसँगै उनकी भाइबुहारीले उपमेयरको उम्मेदवारका लागि निवेदन दिएकी छन् ।

सुदीपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्ण केसी, बाबुराम आचार्य र सरस्वती गुरुङले कांग्रेसका तर्फबाट मेयरमा दाबी गरेका छन् । साथै नन्दप्रसाद तिवारी र गंगाधर पराजुलीले पनि निवेदन दिएका छन् ।

वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, गणेशबहादुर भट्टराई, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाको पनि दाबी आएको छ ।

उपप्रमुखमा दाबी गर्ने १० जनामा लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली रहेका छन् ।

आकांक्षीबाट झन्डै ६ लाख संकलन
कांग्रेस पोखरा महानगर समितिले मेयर र उपमेयरका आकांक्षीहरुबाट झन्डै ६ लाख रुपैयाँ संकलन गरेको छ । जबकी कुनै रकम नलिन कांग्रेसको केन्द्रिय कार्यालयले निर्णय गरेको थियो ।

तर सर्कुलरविपरीत महानगर समितिले मेयर र उपमेयरका आकांक्षीसँग पैसा उठाएको छ । कांग्रेस महानगर समितिले मेयरका आकांक्षीसँग २५ हजार र उपमेयरका आकांक्षीसँग २० हजार रुपैयाँका दरले पैसा उठाएको हो ।

महानगर समिति सभापति सुरेन्द्रमान बिजुक्छेले उम्मेदवारको संख्या सीमित गर्न र पार्टि सञ्चालनमा सहयोग गर्न रकम लिनुपरेको बताए । नसक्नेलाई दिन कर नलगाएको उनको भनाइ छ ।

मेयरको उम्मेदवार बन्न चाहने १८ जनाबाट निवेदनसहित प्रतिव्यक्ति २५ हजारका दरले चार लाख ५० हजार रुपैयाँ संकलन भएको छ भने उपमेयरको उम्मेदवार बन्न चाहने आठजनाबाट प्रतिव्यक्ति २० हजारका दरले एक लाख ६० हजार रुपैयाँ रकम जम्मा भएको छ ।

महानगर समिति सभापति बिजुक्छेका अनुसार उपमेयरका उम्मेदवार १० जना भए पनि दुईजनाले भने पार्टीमा योगदान दिएको भन्दै पैसा दिन नसक्ने बताएका थिए  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]