१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

सप्तरी – दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा दुई दलका नेता मात्रै दाबेदार देखिएका छन्।उम्मेदवारी दर्ता गर्नुपर्ने समय नजिकिंदै जाँदा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता दाबी गरिरहेका छन्। दुवै पाटीका आठ जनाले मेयरमा दाबी पेश गरेका छन्।

एमाले तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष माधव वलीका अनुसार, तीन जनाको नाम सिफारिश भएको छ। जसमा एमाले दाङका निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश सदस्य टीकाराम खड्का, उपसचिव कृष्ण भुसाल र तुलसीपुर उपमहानगरकी उपमेयर माया आचार्य छन्।

मेयरमा सिफारिश खड्काले आफूले टिकट पाउने पक्कापक्की भएको दाबी गरे। “उपमेयर आचार्यले मलाई समर्थन गर्नुहुन्छ,” उनले भने।

त्यस्तै, कांग्रेसबाट पाँच जनाको नाम चर्चामा छ। कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, कांग्रेसका पूर्व सभापतिहरू कृतिबहादुर खड्का र घनश्याम रेग्मी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल तथा कांग्रेस तुलसीपुरका सुरेश हमालको नाम चर्चामा छ।

मेयरका दाबेदार गेहेन्द्र गिरीलाई अर्का केन्द्रीय सदस्य दीपक गिरीको समर्थन छ। जसले गर्दा उनको सम्भावना बलियो रहेको कांग्रेस नेताहरू बताउँछन्। गेहेन्द्र संस्थापन पक्षका हुन् भने दीपक डा. शेखर कोइराला पक्षका हुन्।

यसै गरी उपमयेरमा एमालेबाट श्यानी चौधरी र युवा कराराको नाम सिफारिश भएको छ। कांग्रेसबाट सुष्मा लामिछाने र देवका नेपालीको नाम चर्चामा छ।

नेकपा (माओवादी केन्द्र) बाट भने अझैसम्म तुलसीपुर उपमहानगरको मेयरको उम्मेदवारका लागि खुलेर कसैले पनि दाबी गरेका छैनन्। सत्तारूढ गठबन्धन दलबीच तालमेल भएमा उपमेयरमा यज्ञबहादुर केसीलाई उठाउने माओवादीको तयारी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]