
काठमाडौं – काठमाडौं र सिन्धुपाल्चोकमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी डेरा गरी बस्ने दोलखा घर भएका ४४ वर्षीय डुकबहादुर सुवेदी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ इन्द्रावती खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।