१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याउने चेतावनी दिएका छन् ।

भ्रष्टाचार मुलुकको सबैभन्दा गम्भीर समस्या भएको भन्दै सभामुख सापकोटाले ‘त्यसका विरुद्ध निसाना नसोझ्याए मुलुकलाई नै सिध्याउने’ बताएका हुन् । उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिस्टहरूको अभियानलाई सातै प्रदेशमा लगेर प्रदर्शन गर्ने कार्यमा आफ्नो साथ रहने पनि बताए ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सो प्रदर्शनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि ‘क्षेप्यास्त्र हुने गरी’ कार्टुनहरू बनाउन पनि कार्टुनिस्टहरूलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]