२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

काठमाडौं – प्रहरीले दुर्लभ वन्‍यजन्तु चितुवाको छालासहित चारजनालाई पक्राउ गरेको छ ।

काठमाण्डौंको बुढानीलकण्ठ नगरपालिका ८ गोल्फुटार र काठमाडौं महानगर-३ स्थित सीमानामा रहेको पुर्वपश्‍चिक गेष्ट हाउसमा चेकजाँच गर्दा प्रहरी प्रभाग बुढानीलकण्ठले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका-७ झापा बस्‍ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका-९ घर भई हाल चाँगुनारायण -५ बस्‍ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका-५ घर भई चाँगुनारायण ५ बस्‍ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका-४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्‍ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट पुच्छरसहित ४.५ फिट लम्बाई र २ फिट चौडाई रहेको चितुवाको छाला, साथबाट पुच्छरसहित ६.९ फिट लम्बाई र ३ फिट चौडाई रहेको चितुवाको छाला, चितुवाको टाउँको र ओप्पो मोबाइल तथा सामुङ मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्‍यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं एसपी दिनेराजन मैनालीले बताए

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]