१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

सिरहा – कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष पहिलेझैं सञ्चालन हुने भएको छ। यसपालिको एसईई यही वैशाख ९ गते शुक्रवारदेखि सामान्य अवस्थामा जस्तै गरी सुरु गर्न लागिएको हो।

यसवर्ष जिल्लाबाट एक सय ६२ विद्यालयका १० हजार ६ सय ४० जना छात्र–छात्रा एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जनाएको छ। महतोका अनुसार जिल्लामा ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने छ । प्राविधिक धारतर्फका सवै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालबन्दिर विदालयमा हुने ईकाई प्रमुख महतोले बताए ।

अघिल्ला वर्षहरुमा ग्रेड वृद्धिको लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरेपनि यो पटक सवैलाई एकैठाउँमा राखेर परीक्षा लिने भएको छ ।

देशभरकाभने २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुने बोर्डले जनाएको छ।

परीक्षामा देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थी सहभागी हुनेछन्। प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए।

ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन्। शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो।

‘गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन’, रायमाझीले भने, ‘प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन्।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]