१४ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

एजेन्सी – दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४०० जनाको मृत्यु भएको छ।प्रहरी, सेना तथा स्वयमसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै द गार्डियनले जनाएको छ ।

६ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो । बाढीका कारण करिब ४१ ह्जार मानिस प्रभावित भएका छन् ।

बाढीमा परेर अहिलेसम्म ३९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आवासीयसहितका भौतिक क्षति ठूलो मात्रामा भएको स्थानीय अधिकारीले बताएका छन् ।

क्वाजुलु–नाटल प्रान्तमा आँधी र त्यसपछिको बाढीले ठूलो क्षति गरेको हो । अझै पनि कम्तीमा ५५ जना बेपत्ता रहेका छन् ।

आँधी तथा बाढीका कारण १३ हजार ५९३ घरमा क्षति पुगेको छ, त्यसमध्ये करिब चार हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । डबर्न क्षेत्रमा ४८ घण्टाको अवधिमा ४५० मिलिमिटर वर्षा भएको थियो, यो वार्षिक रुपमा डर्बन क्षेत्रमा हुने वर्षाको आधार हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]