१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

सप्तरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकार विकास विरोधी रहेको आरोप लगाएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित पार्टीको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

संवोधनका क्रममा अध्यक्ष वलीले गठबन्धन सरकारलाई विकास नचाहिएको बताए । ‘अहिलेको गठबन्धन सरकारलाई सडक चाहिएको छैन । योजना चाहिएको छैन’, उन्ले भने, ‘उनीहरु जनताको सुविधाका लागि हामीले ल्याएका योजना कटौती गरिरहेका छन् । ठेकेदारलाई काम लगाएको पैसा दिईरहेका छैनन् ।’

मधेशका जनताको नागरिकता सम्बन्धी ठुलो समस्या समाधानमा मधेशका मसिहा भनिने पार्टिले ध्यान नदिएको ओलीको आरोप छ । ‘मधेशका जनताले भोगिरहेको नागरिकता सम्बन्धी समस्या समाधानमा मधेशका मसिहा भन्नेहरु के भनिरहेका छन् ?’ उन्ले प्रश्न गरे, ‘के हेरेर बसिरहेका छन् । नागरिकता सम्बन्धी अध्यादेश कहाँ पुग्यो । यसको बिरोध गर्ने गठबन्धन सरकारमा लाज पचायर बसिरहने हो । सरकार छोडेर हिँड्नु पर्दैन ।’ अध्यक्ष ओलीले मधेशमा नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटकको चुनावमा अत्यधिक बहुमत सहित विजयी हुने दाबीसमेत गरे ।

सम्बोधनको क्रममा अध्यक्ष ओलीले जिल्लाको बागमती नगरपालिकामा निर्मित भरत तालको प्रशंसासमेत गरे । निर्माण भईरहेको तालले यस क्षेत्रको पर्यटन विकासमा ठुलो योगदान पुगेको, स्थानीय स्वरोजगार भएको भन्दै उक्त तालको परिकल्पना गर्ने जनप्रतिनिधिलाई धन्यवाद समेत दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]