
काठमाडौँ – नागार्जुन नगरपालिका–७ कंकालीस्थित सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
आगो नियन्त्रणका लागि प्रहरी कन्ट्रोल कक्षमार्फत प्रहरी वृत्त कालीमाटीबाट प्रहरी नायब उपरीक्षकसहितको प्रहरी टोली परिचालन गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा एसपी दिनेश मैनालीले जानकारी दिए।
उनका अनुसार प्रहरी, जुद्ध वारुण यन्त्र कार्यालयबाट खटिएको दमकलसहितको अग्निसमनकर्मी तथा स्थानीय व्यक्तिसमेतको सहयोगमा आगो नियन्त्रणमा आएको हो।