१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

काठमाडौं – इजरायल विश्वमै पहिलो पटक एन्टी मिसाइल लेजर सिस्टम विकास गर्न सफल भएको छ । इजरायलले विकास गरेको यो सिस्टम लेजर लाइटबाट सञ्चालित हुन्छ । गाँजापट्टीबाट इजरायलमाथि हुने आक्रमणलाई निस्तेज पार्ने उद्देश्यका साथ उसले यो सिस्टम विकास गरेको हो । यानकी गाँजापट्टीबाट हमास विद्रोहीले गर्ने हवाई आक्रमणलाई आकासमै निष्कृय तथा ध्वस्त पार्नका लागि एन्टी मिसाइल लेजर लाइट सिस्टम प्रयोगमा आउनेछ ।

अहिलेसम्म इजरायल आफ्नो आइरन डोम सिस्टमका लागि परिचित रहेको थियो । यही यन्त्रको सहयोगमा इजरायलले आफ्नो देशमाथि हुने मिसाइल, मोर्टार, रकेट जस्ता हवाई आक्रमणलाई निस्तेज पार्न प्रयोग गर्दै आएको छ । यसमा रहेको राडारले त्यस्ता वस्तुहरूलाई पहिचान गरी निशाना तय गर्न र स्वचालित तवरमा मार हान्न सक्छ । जसले गर्दा इजरायलको भूमिमा मोर्टार तथा मिसाइल खस्न पाउँदैनन् ।

इजरायलको गाँजापट्टीमा रहेको आतङ्कवादी सङ्गठन हमासले लगातार रुपमा इजरायलमाथि बमबारी गर्दै आएको छ । जसले इजरायलमाथि एक साथ चार हजार बम प्रहार गर्दछ । तर इजरायलको आइरन डोम सिस्टमको ‘इफिसेन्सी’ (सक्षमता) ९० प्रतिशत रहेको छ ।

यसको अर्थ सय बम प्रहार हुँदा यसले ९० बमलाई नष्ट गरिदिन सक्छ । तर बाँकी १० बम भने इजरायलको सीमामा खस्ने गर्छन् । यसबाट इजरायलले नोक्सानी बेहोर्दै आएको छ । इजरायलका लागि यसरी आउने बम आफ्नो भूमिमा खस्ने र त्यसबाट आफ्ना नागरिक मारिने समस्या मात्र नभएर गाँजापट्टी आउने हुने हवाई बम हमलालाई निष्क्रिय पार्न आइरन डोम प्रयोग गर्दा त्यसको गोली बारुदको खर्च समेत महँगो हुने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]