१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

सप्तरी – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट हिजो एक्कासी आगलागी सुरु भएको थियो ।

आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर ओली र कणबहादुर खत्रीको घर जलेको छ ।

गाउँपालिकामा दमकल नहुँदा तत्काल आगो निभाउन समस्या भएको र आगो अरु घरमा पनि सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट झन्डै एक करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

बिजुली सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएकाे छ। आगलागी पीडितलाई तत्काल राहतका लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]