१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

राजविराज – सप्तरीको बोदे बरसाईन-१० अमरैयामा आज दिउँसो आगलागीमा परेर एक बालकको मृत्यु भएको छ भने ३ वटा घर जलेर १६ लाखभन्दा बढी रुपैयाँको धनमालको क्षति भएको छ ।

आगलागीमा स्थानिय शत्रुधन यादवकाे ५ वर्षीय छाेरा शैलेशकुमार यादवको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । आगलागीमा परेर शत्रुधन, मिन्टु यादव र ओम यादवकाे गाेठ र गाेठभित्र रहेको सबै सरसमान जलेर १२ लाख रुपैयाँको क्षति भएको छ ।

गाेठबाटै अचानक सल्केको आगाे फैलिएर छिमेकीहरु रघुनन्दन यादव र जागेश्वर यादवकाे १-१ वटा घर जलेकाे छ। रघुनन्दनकाे घर र घरभित्र रहेको सरसमान पूर्ण रुपमा जलेर ४ लाख र जागेश्वरकाे पनि घर जलेर २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

आगाे नेपाल र शसस्त्र प्रहरी, स्थानियवासी र वारुणयन्त्रकाे सहयोगमा नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]