
पर्सा – प्रहरीले ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको पर्सौनी गाउँपालिका-५ घर भई पर्साको वीरगञ्ज महानगरपालिका-१६ बस्न ५५ वर्षीय पलट चौधरी रहेका छन् ।
पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनमाथि जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।