१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०१, २०७९

रुपन्देहीको तिलोत्तमा–२ भेटनरी लाइनमा एन महिलाको शंकास्पद मृत्यु भएको छ। तिलोत्तमा–२ जानकी नगरकी २९ वर्षीय अमृता टण्डनको आफ्नै घरमा मृत्यु भएको हो । बुधवार जानकी नगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।

परिवारका सदस्यले अमृतालाई हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु-याएको माइती पक्षको दाबी छ । अस्पताल पु-याउंदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको मृतककी आमा सावित्रा खत्रीको दाबी छ ।

‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई,ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊन भए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो’– सावित्रीले भन्नु भयो–‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाई लाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासू, ससुरा,श्रीमान्ले धेरै पहिलादेखि नै गाली गलौज र यातना दिंदै आएको सावित्रीले बताउनु भयो । अमृताको सात वर्ष अघि प्रेम विवाह भएको थियो ।

पटक पटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकको ५ वर्षीय छोरा छन् ।विष सेवन गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर त्यसो नभई योजनावद्धरुपमा हत्या गरेर विष सेवनको बहाना बनाएर अस्पताल पु-याइएको छिमेकी कमला पोखरेलले बताउनु भयो ।

घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारवाहीको माग गर्दै माइती पक्ष र स्थानीयले टण्डनको घर घेराउ र नाराबाजी गरेका छन् । मृतकका श्रीमान, सासू र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]