१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ३०, २०७८

भन्सार छली गरेको आशङ्कामा प्रहरीले झापाबाट भारतीय नम्बर प्लेटको एउटा कन्टेनर र बिस्कुट नियन्त्रणमा लिएको छ । कन्टेनर चालक पनि पक्राउ परेका छन् ।

बिस्कुट लिएर भारतबाट नेपाल प्रवेश गरेको आर जे १८ जि बी ३७२१ नम्बरको कन्टेनर नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ । कन्टेनरबाट २० लाख मूल्य बराबरको बिस्कुट बरामद गरिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार कन्टेनर चालक शिशराम गोर्सी पनि पक्राउ परेका छन् ।
भारतबाट बिस्कुट लोड गरेर नेपाल आएको कन्टेनर रोकेर प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा आवश्यक कागजपत्र नभेटिएपछि बिस्कुटसहितको कन्टेनर नियन्त्रणमा लिँदै प्रहरीले चालकलाई पक्राउ गरेको हो ।

कन्टेनरमा बीस लाख मूल्य बराबरको बिस्कुट रहेको र कन्टेनरको मूल्य २५ लाख बराबर पर्ने प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिइएको कन्टेनर र बिस्कुटसहित चालकलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]