२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

भारत – भारत आन्ध्र प्रदेशको श्रीकाकुलममा सोमबार राति कोणार्क एक्सप्रेसको रेलले किचेर ६ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार यो दुर्घटनामा मृत्यु हुनेहरु गुवाहाटी जाँदै गरेका यात्रु थिए। सुपरफास्ट एक्सप्रेसको रेलमा यात्रा गरिरहेका ती यात्रुहरु रेलमा प्राविधिक समस्या आएर रेल रोकिएपछि झरेका थिए।

रेल बातुवा गाउँको नजिक रोकिएको थियो र यात्रुहरु रेलबाट ओर्लिएर तल्लो रेलको लिकमा हिँडिरहेका थिए। त्यही समयमा दोस्रोतर्फबाट आइरहेको कोनार्क एक्सप्रेस आयो र ६ जनालाई किचेर अगाडि बढ्यो।

श्रीकाकुलमका एसपी जीआर राधिकाले भारतीय समाचार एजेन्सी पिटिआईका बताए अनुसार अहिलेसम्म छ जनाको पहिचान भएको छ, रेलवे प्रहरी दुर्घटनास्थलमा पुग्न लागेको छ। अरु कोही हाताहात भएको हुनसक्ने अनुमान गरिएको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डीले यो दुर्घटनालाई लिएर संवेदना व्यक्त गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयलाई घटनामा घाइते मानिसलाई मद्दत गर्नको लागि आदेश दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]