२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८
Sorry No Photo is selected hare

सप्तरी – पाँचदलीय सत्ता गठबन्धनले ७ सय ५३ वटै स्थानीय तहको सिट बाडफाँटको मोडालिटी बनाउने भएका छन्।

आज मंगलबार अपराह्न ४ बजे बस्ने गठबन्धनका शीर्ष नेता, गठबन्धनकै उच्च राजनीतिक समन्वय समिति र स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको संयुक्त बैठक बसेर तालमेलको मोडालिटी बनाउन लागिएको हो।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार बैठकले सहमति भएका स्थानको बाडफाँट र उम्मेदवारको योग्यता तय गर्नेछ।

सहमति हुन नसकेको हकमा पालिकाले जिल्ला, जिल्लाले प्रदेश र प्रदेशले पनि सहमति कायम गराउन नसकेको स्थानमा केन्द्रले निर्णय गर्ने तयारी छ।

‘सिटप्लानको निर्णय आज गर्छौं’, गुरुङले मंगलरबार बिहान भने, ‘कतिपय विवाद भएका, संयन्त्रले टुंगो लगाउन नसकेका विषय पालिका, जिल्ला र प्रदेशले गर्न कोसिस गर्ने त्यहाँबाट नसकेका विषय केन्द्रले निर्णय गरेर पठाइनेछ।’

स्थान र त्यहाँको स्थितिका आधारमा सहमति गरेर केन्द्रलाई जानकारी गराउन भनी गठबन्धनले देशभर वडा तहसम्मै सर्कुलर पठाएको छ ।

‘वडै तहसम्म मिलाएर त्यहाँ गठबन्धन दलहरुको अवस्था कसैलाई पनि अन्याय नहुनेगरी पठाउन भनेका छौँ, धेरै पालिकाले सहमति गर्दै हुनुहुन्छ, केही समस्या देखिएकामा पनि मिलाउन भनेका छौँ’, समिति सदस्यसमेत रहेका गुरुङले भने

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]