१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

सप्तरी – भारतको राजधानी नयाँदिल्लीमा रहेको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा आइतबार राति विद्यार्थीहरूबीच झडप हुँदा केही घाइते भएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार आइतबारको झडपको कारण मांसहारी खाना थियो। आइतबार रामनवमी थियो।

भारतीय हिन्दुहरूले नवरात्रका रूपमा मनाइने यस पर्वमा मांसहारी भोजन गर्दैनन्।

आइतबार जेएनयू होस्टेलको मेसमा मासु पकाउने राष्ट्रिय स्वंयसेवक संघसँग आवद्ध अखिल भारतीय विद्यार्थी परिषद् र वामपन्थी विद्यार्थी संगठनबीच विवाद भएको थियो। दुबै पक्षले एक-अर्काले आफ्ना साथीहरूलाई आक्रमण गरेको आरोप लगाएका छन्।

वामपन्थी विद्यार्थीहरूले परिषद्का कार्यकर्ताले मेसमा मासु पकाउन रोकेको र मारपिट गरेको आरोप लगाएका छन् भने परिषद्का विद्यार्थीले रामनवमीको पूजा चलिरहँदा आक्रमण भएको बताएका छन्।

सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिर र भिडिओमा केही विद्यार्थीको शरिरमा चोट लागेर रगत बगेको देखिन्छ। नवरात्रको उपलक्ष्यमा नयाँदिल्लीका केही स्थानमा ९ दिनसम्म मासु बेच्न प्रतिबन्ध लगाइएको थियो।

दिल्ली उच्च अदालतले के खाने र नखाने भन्ने निर्णय सरकारी अधिकारीले गर्न नपाउने भने पनि ती स्थानका मासु पसल ९ दिनसम्म बन्द भएका थिए। नवरात्रमा मांसहारको त्यही विषय जेएनयूभित्र पनि पसेको थियो।

भारतको प्रतिष्ठित जेएनयूमा वामपन्थी र दक्षिण पन्थी विद्यार्थीहरूबीच बेला-बेलामा तनावमा घटना भइरहन्छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]