
काठमाडौं – मकवानपुरमा ३५ किलो गाजाँसहित पाँचजना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजासहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका–११ बस्ने २५ वर्षीय सूर्यबहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ् रहेका छन् ।
चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.८ ख ८१०६ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।