१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २७, २०७८

जनकपुरधाम – नेकपा एमालेले सरकारको व्यवाहार र नीतिले नेपाललाई आर्थिक रुपमा श्रीलंकाको बाटोमा धकेलेको आरोप लगाएको छ । वर्तमान अर्थतन्त्रको अवस्थाका विषयमा नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले गलत नीति लिएका कारण देशको अर्थतन्त्र धरापमा धकेलिएको बताए ।

“विगत सरकार अर्थात नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले स्वस्थ र सुदृढ अर्थतन्त्र छाडेर गएको थियो,” पौडेलले पत्रकार सम्मेलनमा भने, “यो सरकार आएपछि जस्ता निर्णय र व्यवहार गरिरहेको छ, त्यसले अर्थतन्त्रलाई जोखिममा धकेलेको निष्कर्ष अर्थविदहरुले निकालेका छन् ।”

एमालेले सरकारको नेतृत्त्व गर्दा मूल्यबृद्धि नियन्त्रणमा रहेको, विदेशी मुद्रा संचिती १४ करोड डलर रहेको र अर्थतन्त्र सवल अवस्थामा रहेको पनि दाबी गरेका छन् ।

“यदि हामीले सार्थक हस्ताक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन,” पौडेलले भने, “प्रधानमन्त्री र मन्त्रीहरुले श्रीलंकाको अवस्थामा जान दिने छैन भनेर भाषण गर्दैमा त्यो अवस्था रोकिँदैन ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]