१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २७, २०७८

विराटनगर – मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत रमहेश भट्टराईको नाम सिफारिस गरेको हो ।

उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफारिस गरेको छ ।

एमाले नेता पूर्वमन्त्री लालबावु पण्डित र प्रदेश १ सरकारका पूर्वमन्त्री जीवन घिमिरेको नाम पनि चर्चामा थियो । तर उनीहरूको नाम सिफारिस भएन् । एमाले नगर कमिटी स्रोतका अनुसार ती नेताहरूले सर्वसम्मत हुने अवस्थामा मात्रै आफ्नो नाम सिफारिस गर्न चाहेका थिए । तर दाबेदार पाँच जना निस्कीएपछि दुई पूर्व मन्त्री पछि हटेका थिए ।

एमाले विराटनगर महानगरअध्यक्ष सागर थापाका अनुसार नगरबाट आकांक्षीको सबैको नाम सिफारिस भए पनि प्रदेश कमिटीले उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्नेछ ।

बैठकले विराटनगर १०, ११ र १९ नम्बर वडाको अध्यक्षको उम्मेदवार पनि टुङ्गो लगाएको छ । विराटनगर १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गरेको छ । अन्य वडामा चैत भित्र टुङ्गो लाग्ने नगर अध्यक्ष थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]