१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २६, २०७८

काठमाडौं – एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन्। शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले आफ्नो पार्टी दसौँ टनको बन्दै गएको कुरा हेर्न जिल्ला जिल्लामा जान पनि ओलीलाई चुनौती दिए।

नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे। उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देश निर्देशन दिए। खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने बताए।

उनले भने, ‘हाम्रा सामु अव निर्वाचनको घोषणा भएको छ। हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं। केपी ओलीले के भनेछन भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीहरूलाई चाँही ढक। म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईँको पार्टी ढक हो कि तपाईँको पार्टी क्वीन्टल हो कि अथवा एकीकृत समाजवादी चाँही टन हो, यहाँ आएर हेर्नेस। एमाले ढक हो कि क्वीन्टल आगामी निर्वाचनमा देखाइदिन्छौँ। प्रत्येक जिल्लामा गएर हेर्नुस्। अब एकीकृत समाजवादी टन मात्रै होइन, दसौँ टनको पार्टी बन्दैछ। यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेडहरु। हामीहरु जसरी यो निर्वाचनमा जाँदैछौं। यसका लागि स्थानीय तह निर्वाचनको घोषणा पत्र तुरुन्त ल्याउँदैछौं। त्यो घोषणा पत्रलाई हामीले घर–घरमा, टोल–टोलमा लिएर जान सक्नुपर्दछ। तपाई हामी सबैको अहिलेको कर्तव्य यो हो। निर्वाचन आयोगले भर्खरै आचारसंहिता घोषणा गरेको छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]