१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २६, २०७८

सुर्खेत – कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ७१ हजार ५०० कित्ताशेयर किन्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले कर्णालीमा निर्माण हुने ठुला विद्युत् परियोजनामा शेयर साझेदारी गर्ने नीति अनुसार जगदुल्ला जलविद्युत आयोजनामा शेयर साझेदारी गर्ने भएको हो । उक्त कित्ताशेयर किन्नका लागि ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गर्न जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई जिम्मा दिएको छ । १०६ मेगावटको आयोजनाका लागि उक्त कित्ताशेयर स्वीकार गरी शेयर बापतको रकम सम्बन्धमा अन्य शेयर होल्डरको योगदान वा शेयर बापत जम्मा भएको रकमको आधारमा समानुपातिक रुपमा शेयर रकम भुक्तानी गर्ने सुनिश्चितताको प्रतिबद्धता गर्ने र यस विषयमा पत्राचार, अभिलेख, शेयर प्राप्ती र शेयर बापतको रकम भुक्तानी लगायतका आवश्यक कार्यहरुको व्यवस्था गर्न जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवंम आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।

यस्तै दैलेखको अपर पराजुली खोलामा सम्पन्न भएको २.१५ मेगावाटको जलविद्युत आयोजनामा प्रदेश सरकारले लगानी बमोजिम पाँच करोड सुनिश्चित गर्ने बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]