१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २६, २०७८

सप्तरी – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई उपभोक्ताको देश बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले राजाका पालामा स्थापना उद्योगहरूसमेत निजीकरण गरेर खत्तम पारिएको बताएका हुन् ।

उनले भने, ‘३ करोड नेपालीले एक वर्षमा दुई जोर जुत्ता फेर्दा पनि वर्ष ६ करोड जुत्ता बिक्री हुन्थ्यो । तर स्वदेशमा उत्पादन हुने बाँसबारी जुत्ता कारखाना कहाँ गयो ?’ उत्पादन हुन थालेका कारखाना बन्द गराएर आज नेपालीहरू विदेशी कागज, कपडा प्रयोग गर्न बाध्य भएको उनको भनाइ थियो ।

खनालले समाजवादको बाटो भनेकै देशमा उद्योग धन्दा, बजार बनाउनु र उपभोग गर्ने वातावरण बनाउनु पनि भएको जिकिर गरे । ‘देशलाई औद्योगीकरण गर्ने हो भने समाजवादको बाटो जानुपर्छ,’ उनले भने । शिक्षालाई उत्पादनमूलक र निःशुल्क बनाउनुपर्ने पनि उनको जिकिर थियो ।

फरक प्रसङ्गमा नेकपा हुँदा एउटा ठुलो अवसर गुमाएको पनि स्मरण गरे । केन्द्रमा दुई तिहाइ बहुमतको सरकारदेखि प्रदेशमा ६ वटा सरकार बनाउँदा क्रान्तिको अवसर भएपनि नेकपा चुकेको उनको भनाइ थियो । ‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ । तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उनले भने ।

ओलीले देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्दै गएको पनि उनले आरोप लगाए । ‘ओलीले अमेरिकाको सेवा गरे । विदेशी गुप्तचरसँग आधा रातमा साँठगाँठ गरे । त्यहाँ उनले के सम्झौता गरे कसैलाई थाहा छैन । प्रधानमन्त्रीले विदेशी प्रतिनिधि भेट्दा मेमोरी राख्ने चलन हुन्छ । त्यो पनि छैन । गैरजिम्मेवार व्यक्तिको हातमा नेतृत्व पुग्दा देशले दुःख पाएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]