१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २६, २०७८

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनाव खर्च महँगो हुँदै गएको भन्दै पछिल्लो पटक ६ करोड खर्च गर्नुपरेको स्मरण गरेका छन् ।

शनिबार नेपाल विद्यार्थी संघ इलाम–काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा नेता डा. कोइरालाले खर्च बढ्दै गएकाले चुनाव लड्न नसकिने स्थिति सृजना हुन थालेको बताएका हुन् ।

उनले आफू नवलपरासीबाट तीन पटक चुनाव लडेको भन्दै सबैभन्दा बढी खर्च पछिल्लो पटक भएको बताए । पहिलो पटक ८० हजार, दोश्रो पटक तीन करोड र तेश्रो पटक ६ करोड खर्च गर्नुपरेको उनले स्मरण गरे ।

कोइराला नवलपरासी क्षेत्र नं. १ बाट तीन पटक निर्वाचित भइसकेका छन् ।

अबको चुनाव झन् कत्ति लाग्ला भनेर उनले चिन्ता जाहेर गरे । नवलपरासीमा कांग्रेसका अरु कोही लड्न तयार भए आफू छाड्न तयार रहेको पनि उनले बताए ।

चुनाव खर्च घटाउनुपर्ने उनकाे भनाइ थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]