१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २५, २०७८

काठमाडौं – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४, राजपुरमा मिक्चर ट्रकले साइकलयात्री र तीन पैदलयात्रीलाई एकैसाथ ठक्कर दिँदा चारजना घाइते भएका छन् ।

घाइते हुनेमा साइकलयात्री महाराजगन्ज नगरपालिका–५ का ६० वर्षीय गुञ्जी यादव, पैदलयात्री उनकी ३० वर्षीया छोरी इन्द्रावती यादव, सात वर्षीया नातिनी कविता र ६ वर्षीय नाति वृजेशकुमार यादव रहेका छन् । उनीहरूलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा पठाइएको छ । घाइतेमध्ये साइकलयात्री गुञ्जीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भारतीय नम्बरप्लेटको मिक्चर ट्रकले हिजो बेलुका करिब साढे ८ बजे उनीहरूलाई ठक्कर दिएको थियो । त्यसलगत्तै मिक्चर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महाराजगन्जले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]