१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २५, २०७८

सप्तरी – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नै प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीबाट मन्त्री कोइरालालाई शपथ गराइएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।

यसैबीच, नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नवनियुक्त कानुनमन्त्री गोविन्द शर्मा कोइराला अर्थात् गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताएका छन् । महासचिव भुसालले यसअघि सरकार बन्दाताका नै मन्त्रिपरिषद्मा कानुन व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको उल्लेख गर्दै मन्त्री बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आउँदा आफूहरुले पार्टीको कोटाबाट नभई साझा व्यक्तिको रुपमा लान आग्रह गरिएको बताए । महासचिव भुसालले गैरसांसदलाई छ महिनाको लागि मन्त्रि बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्रि भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको पनि बताए ।
बिहीबार नै कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिलेन्द्रप्रसाद बडू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन् । उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]