१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र २५, २०७८

नयाँ दिल्ली – उर्जा मन्त्री आरके सिंहले चिनियाँ ह्याकरहरूले लद्दाख नजिकैको भारतको पावर प्लान्टमा दुई पटक आक्रमण गर्ने प्रयास गरेको जानकारी दिएका छन् ।

अमेरिकास्थित साइबर सेक्युरिटी फर्म रेकर्डेड फ्युचरले यस्तो दाबी गरेको हो । अप्रिल ६ मा जारी गरिएको प्रतिवेदनमा चिनियाँ ह्याकरहरूले सेप्टेम्बर २०२१ देखि ७ राज्य लोड डिस्प्याच सेन्टरहरू (एसएलडीसीएस) मा आक्रमण गरेका छन्।

यी केन्द्रहरू लद्दाखमा भारत-चीनको विवादित सीमा नजिकै छन्। यी केन्द्रहरूमा ग्रिड नियन्त्रण र विद्युत वितरण कार्य गरिन्छ। अङ्ग्रेजी पत्रिका द हिन्दूमा यो समाचार छापिएको छ ।

चिनियाँ ह्याकरहरूले लगातार भारतीय पावर प्लान्टलाई निशाना बनाएको प्रतिवेदनलाई केन्द्र सरकारले पुष्टि गरेको छ।

मन्त्री आरके सिंहले बिहीबार पत्रकारहरूलाई चिनियाँ ह्याकरहरूले लद्दाख नजिकैको विद्युत वितरण केन्द्रहरूमा कम्तिमा दुई पटक आक्रमण गर्ने प्रयास गरेका बताएका हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]