१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

रुकुम पश्चिम – मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सानीभेरी गाउँपालिकाको सिम्लीबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ९६६५ नम्बरको रात्री बस मुसीकोट नगरपालिका ७ मा भित्तामा ठोक्किँदा उनीहरू घाइते भएका हुन् ।

घाइतेहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गुडिरहेको गाडी भित्तामा ठोक्किएको थियो । २२ जना यात्रु बोकेको उक्त बस मध्यपहाडी लोकमार्ग भएर पोखरा हुँदै काठमाडौं पुग्नका लागि छुटेको थियो ।

बसको अगाडिको भागमा क्षती भएको छ । दुर्घटनाको कारण खुली नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]