१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

जनकपुरधामा – चार महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका मधेश प्रदेशका १० जना भन्दा धेरै युवा काम नपाएर अलपत्र परेका छन् । काम नपाउँदा कमाइ नभएर खान पनि समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् ।

ऋण लिएर परिवारको उज्ज्वल भविष्यको कामनासहित युनाइटेड अरब इमिरेट्सको दुबई गएका उनीहरु आफैं अलपत्र परेका हुन् । सिरहा, धनुषा, रौतहटका ती युवाहरु सुफी इन्टरनेशनल सर्भिस प्रालिबाट दुबई गएका थिए ।

स्काफोल्डिङको कामका लागि भन्दै म्यानपावरले प्रतिव्यक्ति दुई लाख रुपैयाँ लिएर दुबई पठाइएको सिरहाका रामवृक्ष महराले सामाजिक सञ्जालमार्फत अनलाइनखबरलाई बताए । महराका अनुसार उनीहरुसँग विजय यादव नामका एजेन्टले रकम लिएका थिए ।

दुबईको अबुधाबीमा तम्याज कम्पनीमा काम गर्न भन्दै पठाए पनि उनीहरुद्ये काम पाएका छैनन् । ‘यहाँ आएको चार महिना भइसक्यो, काम आज दिन्छु, भोलि दिन्छु भन्दै टारिरहेका छन्’ उनले भने, ‘४ महिना खानका लागि एक जनालाई ६ सय रुपैयाँ दिइएको छ । तर, एक महिनाको खाना खान नै ३५० रुपैयाँ तिर्नुपरिरहेको छ । हामी भोकेभोकै यहाँ बस्नुपरेको छ ।’

काम नदिए घर पठाइदिन आग्रह गर्दा समेत नमानेको सिरहा नगरपालिका- ६ घर भएका महराले बताए । ‘काम नदिए घर पठाऊ भन्दा पनि मानिरहेका छैनन्’, उनले भने, ‘रमजानपछि काम दिन्छु भनिरहेका छन् । तर यत्रो दिन के खाएर बस्ने ?’

काम नपाएको बारेमा म्यानपावर कम्पनीमा धेरै पटक फोन गरेर जानकारी गराउँदा कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले आफूहरुलाई कुनै तरिकाले स्वदेश फर्काइदिन अपिल गरेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका- ४ का बबिचन दास र सुरेश दास, वडा नम्बर ५ का विशाल महरा, सिरहा ६ का रामबृक्ष महरा, सिरहाकै गोलबजार नगरपालिका-२ का रवीन्द्र मोची, वडा नम्बर ९ का श्रवण महरा, धनुषाको शहीदनगर नगरपालिका-२ चोरा कैलपुरका राकेश महरासहितका व्यक्ति काम नपाएर अलपत्र परेका छन् ।

‘न काम दिएको छ, न त खान नै दिन्छ । बबिचन दासले भने, ‘खान माग्दा पैसा पनि दिदैन् । कम्पनीमा पैसा माग्दा कम्पनीका मान्छे धम्क्याउन आउँछ । हामी अलपत्र परेका छु । कृपया स्वदेश बोलाइदिनुस् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]