
सप्तरी – अमेरिकाले केही युक्रेनका सैनिकलाई आधुनिक एन्टि ट्यांक स्विचब्लेड ड्रोन चलाउन सिकाएको छ।
अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले यस्तो जानकारी दिएका हुन्। यसअघि नै अमेरिकामा रहेका युक्रेनका सैनिकलाई उक्त हतियार चलाउने तालिम दिइएको हो।
सानो झोलामा राख्न सकिने यो ड्रोनले लामो दुरीबाट पनि निशानामा प्रहार गर्न सक्छ।
युक्रेन जानुभन्दा पहिला यी सैनिकलाई अन्य हतियार चलाउने तालिम पनि दिन सकिने बीबीसीले उल्लेख गरेको छ।
युक्रेनको सेनाको लागि स्विचब्लेड ड्रोन नयाँ हतियार हो, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले मार्च १६ मा युक्रेनलाई एकसय स्विचब्लेड ड्रोन पठाउने निर्णय गरेको थियो।
अमेरिकी हतियार युक्रेन पुग्न अहिलेको ४ देखि ६ दिन लाग्ने गरेको छ।
अमेरिकी अधिकारीका अनुसार गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुसले अहिलेसम्म १ हजार ४५० मिसाइल प्रहार गरेको छ।