१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

सपतरी – स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धन दलहरूले कुन पालिकामा कसरी गठबन्धन गर्ने भन्ने निर्णय लिन सकेका छैनन् । केन्द्रीय तहमा गठबन्धन घटकबीच निर्णय नहुँदा स्थानीय नेताहरू अन्योलमा छन् । दाबेदार उम्मेदवारहरू पनि खुलेर प्रचार–प्रसारमा लाग्न सकिरहेका छैनन् ।

अन्य महानगर र उपमहानगरमा जस्तै बारा जिल्लाको जितपुर सिमरा उपमहानगरमा पनि गठबन्धनका साझेदार दलका प्रतिनिधिहरू मेयर पदमा आ–आफ्नो दाबी गर्दै बसेका छन् ।

२०७४ को निर्वाचनमा जितपुर सिमराका २४ वडा मध्ये नेपाली काँग्रेस ५ वडामा सीमित रहेको थियो । नगर प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो । मेयरमा तेस्रो स्थान हासिल गरेको माओवादीले भने १० वटा वडाध्यक्ष जितेको थियो ।

अहिले यहाँ गठबन्धनका तर्फबाट माओवादीले पनि मेयरको दाबी गरिरहेको छ । नगरप्रमुख पदमा दोस्रो मत ल्याएको काँग्रेसले पनि अगामी निर्वाचनमा गठबन्धन भए नगरप्रमुखको पहिलो दाबेदार आफ्नो पार्टी भएको जनाएको छ ।

अघिल्लो निर्वाचनमा नगरप्रमुखका उम्मेदवार रहेका नेपाली काँग्रेसका कृष्णब्रत सिंह पार्टीले जिम्मेवारी दिए यसपटक मेयर जित्ने दाबी गर्छन् । प्रस्तुत छ, स्थानीय निर्वाचन केन्द्रित रहेर सिंहसँग रातोपाटीले गरेको कुराकानी – जितपुर सिमरा उपमहानगरपालिकामा नेपाली काँग्रेस कसरी अगाडि बढ्दैछ ?

चुनावको तयारी भइरहेको छ । नगर समितिले तयारी गरिरहेको छ, यहाँ उम्मेदवारको हकमा पार्टीले निर्णय गर्छ र त्यही अनुसार हामी अगाडि बढ्ने हो । छलफल केन्द्रीय स्तरमा भइरहेको छ । यही महिनाको अन्तिमसम्म उम्मेदवारको टुङ्गो लाग्छ होला ।

जितपुर सिमरामा तपाईंको दाबी के छ ?

पार्टीको जे निर्णय हुन्छ, त्यही स्वीकार्य छ । पार्टीले जसलाई उम्मेदवार बनाउँछ, त्यही हुन्छ । पार्टीको सदस्य भएपछि पार्टीको जे निर्णय त्यही मान्नुपर्छ । पार्टीले मलाई जिम्मेवारी दियो भने अगाडि बढ्न तयार छु ।

तर, यहाँको मेयरमा माओवादी केन्द्रले पनि दाबी गरेको छ नि ?

जितपुर सिमरामा काँग्रेसको दाबी छ । ०७४ को निर्वाचनमा प्रमुखमा पदमा काँग्रेसले दोस्रो मत ल्याएको थियो । केन्द्रमा प्रचण्डजीकै प्रस्ताव आएको छ कि मतको हिसाबले जसको स्थान दोस्रो छ, त्यसैलाई प्रमुख मानेर सम्झौता गर्ने । यो प्रचण्डजीले नै प्रस्ताव गर्नुभएको सुनिएको छ । त्यो हिसाबले जितपुर सिमरामा काँग्रेसले प्रमुखको दाबी गर्छ । गठबन्धन भयो भने सिस्टमको हिसाबले काँग्रेसलाई प्रमुख दिनुपर्दछ । तैपनि, अब छलफलमा पार्टीले के निर्णय गर्छ, त्यही आधारमा हुन्छ ।

याे पनि
जितपुर सिमरा उपमहानगरका माओवादी नेता भन्छन्– एक्लै जितिन्छ !
यहाँ नेपाली काँग्रेसका जनप्रतिनिधि र कार्यकर्ताहरू एमालेमा प्रवेशको लहरै चलेको छ नि ? यसबारे के भन्नुहुन्छ ?

चुनावमा आउने–जाने भइरहन्छ । कोही जान्छ, कोही आउँछ यो केन्द्रीय आउजाउ हो, यसले पार्टीलाई खास फरक पार्दैन ।

यहाँ एमालेको अवस्थाचाहिँ कस्तो छ ?

अबको चुनाव काँग्रेसले नै जित्छ । माओवादीसँग स्थानीय तहमा छलफल भएको त छैन, तर केन्द्रमा भएको छ । उम्मेदवारको अन्तिम टुङ्गो प्रदेश कमिटीले लगाउँछ । गठबन्धनमा जाने हो कि एक्लै लड्ने हो, केही दिनमै टुङ्गो लाग्छ ।

तर, टिकटका लागि काँग्रेसभित्रै अन्तर्विरोध देखिन्छ, यसलाई कसरी मिलाएर लैजानुहुन्छ ?

पार्टीभित्र आकाङ्क्षी जति छन्, सबैले प्रयास गरेका हुन्छन् । म त भन्दैछु पार्टीले जसलाई निर्णय गर्छ, त्यो हामीले स्वीकारर्छौँ । त्यसमा अन्तर्विरोध हुने कुरा भएन । जिम्मेवारी पाएँ भने मिलाएर लैजान्छु ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]