
काठमाडौं – कमल थापाका भतिज अभिषेक थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन्।
राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापाले बुधबार साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन्।
अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले राप्रपा छाडेका थिए। त्यसपछि उनी आफ्नो पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन्। अभिषेकले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
