१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

काठमाडौं – मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि रोजगारदाताबाट आवेदन परेको छ ।

कोरोना भाइरस संक्रमण घटेको र आर्थिक तथा सामाजिक गतिविधिमा तिव्रता आएपछि मलेसियाले कोरोना भाइरस संक्रमण देखिनु अघि जसरी नै विदेशी कामदार ल्याउन थालेको छ ।

मलेसियाका प्रधानमन्त्रीले आगामी मे महिनादेखि सबै कामदारको न्यूनतम तलब १५ सय रिँगेट हुने घोषणा गरिसकेका छन् । कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अप्रिलदेखि नै न्यूनतम तलब १६ सय रिँगेट दिन थालेको बताएका छन् ।

फ्रि मलेसिया टुडे अनलाइनका अनुसार अप्रिल पहिलो तारेखसम्म मलेसियाको मानव संशाधन मन्त्रालयमा ४ लाख ७५ हजार ६ सय ७८ जना विदेशी कामदार भर्नाको अनुमति माग गर्दै आवेदन परेको छ ।

मानव संशाधन मन्त्री एम साराभानन्ले सबैभन्दा बढी २ लाख ९० हजार २ सय ४८ जना निर्माण क्षेत्रमा, ७७ हजार सेवा क्षेत्रमा, ५३ हजार ८ सय ५४ प्लान्टेशन क्षेत्रमा, ४३ हजार ५ सय १९ कन्स्ट्रक्सनमा, ११ हजार ३७ जना कृषि र २२ जना माइनिङ अर्थात् खानीका लागि आवेदन परेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]