१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

बुटवल – नेपाल मगर संघ रुपन्देहीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

ओलीले गत चैत १८ गत एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्तिप्रति संघले आपत्ति जनाएको हो ।

संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्तिले शहीद लखन थापा र आम मगर समुदायमाथि अपमान भएको जनाएको छ । ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए ।

पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगरले बाकाबीरको बिषयमा तथ्य पेश गर्न चुनौती दिए ।

ओलीको अभिव्यक्ति सुनियोजित र षड्यन्त्रपूर्ण रहेको भन्दै उनले ओलीले कम्युनिस्टको नाममा जातिवादी राजनीति गरेको र विभिन्न जाति र समुदायलाई हेप्ने र लान्छना लगाउने गरेको बताए । पूर्वप्रधानमन्त्रीले भ्रामक कुरा गरेर सबै शहीदहरूप्रति गम्भीर अपमान गरेको पनि उपाध्यक्ष विरकट्टा मगरले आरोप लगाए ।

२०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो ।

पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती, सचिव थर्कबहादुर बाह्रघरे राधिका श्रीस लगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]